२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाइमा नेपाल मोबिलिटी एक्स्पो सम्पन्न, एक लाखले गरे अवलोकन

अ+ अ-

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । 

श्रावण २१ गते काठमाडौँको भृकुटिमण्डपमा भएको एक्स्पो एक लाख भन्दा धेरै दर्शकहरूले अवलोकन गरेका छन् ।

नाइमाले पहिलो पटक आयोजना गरेको एक्स्पोमा सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको थियो । जहाँ पहिलो दिन पन्ध्र हजार, दोस्रो दिन तेह्र हजार पाँच सय, तेस्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौँ दिन बाइसहजार र छैठौँ दिन सात हजार आठ सय दर्शकहरूले अवलोकन गरेको आयोजकले जनाएको छ ।

समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढी सफल भएको बताइन् । एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरूको सामूहिक योगदानले एक्स्पो सफल भएको उनले जोड दिइन् ।

‘एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईँहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोशदेख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ’, अध्यक्ष वैद्यले भनिन् ।

नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरू सञ्चालन गरी नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गरेको बताए। यी सत्रहरू सहभागीहरूका लागि निःशुल्क प्रवेश सहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरूको सहभागीतामा सञ्चालन गरिएको थियो ।

नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सरकार, सरोकारवालाहरू, र दातृ निकायहरू तथा उपभोक्ताहरूको सहभागितामा आयोजना गरिने कार्यकारी निर्देशक दुलालले बताए ।

श्रावण २१ गतेदेखि २६ गतेसम्म भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए ।