काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना महानिर्देशकको सरुवा गरेको छ।
निर्णयअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेशमा सरुवा गरिएको छ। उनी सचिव सिफारिस भइसके पनि प्रदेश गएर जिम्मेवारी सम्हालेका थिएनन्। यसअघि नै सरुवा भइसकेको भए पनि शक्तिकेन्द्रको आडमा विभागमै कार्यरत रहेका थिए।
त्यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहाललाई राष्ट्रिय समावेशी आयोग, ललितपुरमा र सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
यससँगै सम्बन्धित विभागहरूमा नयाँ महानिर्देशक नियुक्ति र चहलपहल सुरु हुने भएको छ।







