२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

अ+ अ-

काठमाडौँ । छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ बजेट सभामा कुनै पनि एजेण्डा छलफल नगराई एकलौटी छलकपट, जालझेल गरेर सभा सम्पन्न गरेको आरोप लगाउँदै वडाध्यक्षले अनिश्चितकालका लागि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

आर्थिक वर्ष २०८२/८३ को १७औँ बजेट सभा विभिन्न विषयमा निर्णय गर्दा सभाका अध्यक्ष विष्णुकुमार भामले सभामा कुनै पनि ऐजेण्डा प्रस्तुत र छलफल नगराई छलकपट गरेको आरोप लगाउँदै वडाध्यक्षले आज नगरपालिकामा तालाबन्दी गरेका हुन् ।

वडा १४ अध्यक्षमध्ये तीन जना जिल्ला बाहिर भएका र नगरमा रहेका ११ जना वडाध्यक्षले प्रमुख विष्णुकुमार भामले स्थानीय सरकार सभा सञ्चालन कार्यविधि २०७४ को परिच्छेद ५ को दफा ३ बमोजिम काम नगरेको भन्दै अनिश्चितकालका लागि नगरपालिका तालाबन्दी गरेको ११ जना वडाध्यक्षले गरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका-२ कार्यालयमा जम्मा भएका ११ जना वडाध्यक्षले नगरपालिकाबाट अन्य पालिकामा सरुवा भई जाने वडा सचिवले वडा कार्यालयको सरुवा आर्थिक तथा भौतिक गतिविधि बरबजुवात नगराई मिलेमतोमा उनीहरूलाई रमाना पत्र दिएकाले आव सुरु हुँदै गर्दा सामाजिक सुरक्षा भत्ता र वडाको दैनिक कामकाजमा ठप्प भएकाले यसको जिम्मेवारी स्वयं नगरपालिकाले लिनुपर्ने र वडाको दैनिक कामकाज सञ्चालन गर्न तत्काल करार कर्मचारीको व्यवस्था गर्नुपर्ने छायाँनाथ रारा नगरपालिका-२ का वडाध्यक्ष परेकराज चौलागाईंले बताए ।

यता प्रमुख विष्णुकुमार भामले कार्यविधि विपरीत कुनै पनि निर्णय नगरिएको जिकिर गरे । उनले भने, “मैले कुनै सभा र निर्णय जालझेल गरेको छैन, उहाँहरू (वडाध्यक्ष) आफैले सभाहरूका निर्णयमा दस्तखत गर्नुभएको छ । सभामा आफैँ निर्णय गर्ने बाहिर आफैँ विरोध गर्ने के स्वार्थले यस्तो गरिरहनुभएको छ मलाई त अचम्म लागेको छ ।”

सभा सकिएको हप्ता दिन पछि जिल्लामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नभएका बेला निराधार आरोप लगाएर ताला लगाउनु बेमौसमी बाजा भएको र सभामा गरेका र पास गरेका निर्णयमा गरेका दस्तखत र सभामा सहभागी भत्ता बुझेको भर्पाई हेरे सबै छर्लंग हुने नगरप्रमुख भामले बताए ।

मौखिक माग राखी वडाध्यक्षले कार्यालयका सबै कक्ष र शाखामा ताला लगाएकाले आज नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको र बिहीबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको सहजीकरणमा आन्दोलनरत वडाध्यक्षसँग बसेर ताला खोल्ने र माग सम्बोधनबारे निकास खोजिने निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले बताए ।