२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजामा कुपोषणका कारण मृत्यु हुनेको संख्या २२७ पुग्यो : संयुक्त राष्ट्रसंघ

अ+ अ-

संयुक्त राष्ट्रसंघ । गाजाका स्वास्थ्य अधिकारीहरूले पछिल्ला २४ घण्टामा कुपोषण र भोकमरीका कारण थप पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन् । यससँगै गत वर्षको अक्टोबर महिनादेखि हालसम्म कुपोषणसम्बन्धी मृत्यु हुनेको संख्या २२७ पुगेको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताले मंगलबार जानकारी दिए ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफान दुजारिकले दैनिक पत्रकार सम्मेलनमा बताएअनुसार, मृत्यु हुनेमध्ये १०३ जना बालबालिका रहेका छन् । विश्व खाद्य कार्यक्रम (वल्र्ड फुड प्रोग्राम) ले गाजामा अहिलेको अवस्थालाई संघर्ष सुरु भएयताकै सबैभन्दा गम्भीर भोकमरी र कुपोषणको अवस्था भनेको छ ।

उनले थपे,“यस परिस्थितिमा समेत गाजामा पुग्ने मानवीय सहायता न्यूनतम आवश्यकताभन्दा धेरै कम छ । मानवीय सहायता ढुवानीमा धेरै ढिलाइ र अवरोधहरू भइरहेका छन्, जसले आवश्यक परिमाणमा सहायता पुर्‍याउन संयुक्त राष्ट्रसंघलाई बाधा पुर्‍याइरहेको छ ।”

सोमबार, संयुक्त राष्ट्रसंघले इजरायली अधिकारीहरूसँग समन्वयका लागि १६ वटा सहायता अभियान प्रस्ताव गरेको थियो, जसमा खाना, औषधोपचार सामग्री र इन्धन संकलन जस्ता कार्यहरू समावेश थिए । तीमध्ये केवल चार वटा मात्र सहज रूपमा सम्पन्न हुन सक्यो, तीन वटा अस्वीकार गरिए र चार वटा केही अवरोधपछि मात्र सफलतापूर्वक सम्पन्न भए ।

दुजारिकले भने,“इजरायली पक्षबाट पूर्वस्वीकृति प्राप्त गर्न धेरै समय लाग्ने भएकाले मानवीय सहायता समन्वयको प्रयासमा बहुमूल्य समय खेर जाने अवस्था छ ।”