२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तामाकोशीको जलाशय तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अ+ अ-

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय सफा गरिने भएको छ । जलाशय क्षेत्र सफा गरिने भएकोले नदी तटीय क्षेत्र आसपासका स्थानीयलाई सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

आगामी ३१ साउन शनिबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलाशय क्षेत्र सफाइ गरिने भएकोले तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो ।

आयोजनाले एक सूचना प्रकाशन गर्दै दिनभरि पानीको सतह घटबढ हुने भएकाले तामाकोशी क्षेत्र लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदी दोभानसम्म सतर्कता अपनाउन आग्रह गरिएको जलविद्युत केन्द्रको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए ।

दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतको जलाशय सफा गर्ने दिनभरि विद्युत् उत्पादन समेत बन्द हुने जनाएको छ ।

बर्खाको समयमा बाढीका कारण जलाशयमा बालुवा, गिट्टी, गेगर थुप्रिएकाले सफा गर्न लागिएको बताउँदै सरसफाइ अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, बस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न र नगराउन आग्रह गरेको छ ।

नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक सावधानीका साथ गर्न/गराउन समेत आग्रह गरिएको छ ।