२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री सुडीको प्रतिबद्धता : ‘अपांगता भएका व्यक्तिको अधिकारलाई कार्यान्वयन गर्न पहल गर्छु’ 

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर शाह सुडीले राज्यको नीति निर्माण तहमा अपांगता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बहिरा-दृष्टिविहीन अभिभावक समाजले आयोजना गरेको अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी छलफल कार्यक्रममा उनले नीति निर्माणमा सहभागिताको अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ को व्यवहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्ने बताए ।

ऐनमा ‘अपांगता भएका व्यक्तिलाई असर पार्ने प्रकृतिका महत्त्वपूर्ण नीति निर्माण प्रक्रियामा अपांगता भएका व्यक्ति स्वयं वा निजसँग सम्बन्धित संघ, संस्थामार्फत सहभागी हुने अधिकार हुनेछ’ भनिएको छ । अपांगता भएका व्यक्तिलाई अन्य व्यक्तिसरह समान आधारमा भयमुक्त वातावरणमा निर्वाचनमा उम्मेदवार हुने र स्वेच्छिक रूपमा कसैको सहयोग लिई वा नलिई मतदान गर्ने अधिकारलाई पनि कार्यान्वयन गर्ने मन्त्री सुडीको भनाइ  छ । सो ऐनमा ‘नेपाल सरकारले अपांगता भएका व्यक्तिलाई मतदानको प्रक्रिया, सुविधा र सामग्रीलाई पहुँचयुक्त तथा बुझ्न र प्रयोग गर्न सक्ने गरी उपयुक्त व्यवस्था मिलाउनेछ’ पनि भनिएको छ । 

त्यसैगरी कानुनमा नीति निर्माण प्रक्रियामा सहभागी हुँदा अपांगता भएका व्यक्तिले व्यक्त गरेको विचारलाई सान्दर्भिकताको आधारमा उचित स्थान दिइने पनि भनिएको छ । 

अपांगता भएका व्यक्तिहरूले पनि अपांगता भएका व्यक्तिसम्बन्धी ऐनको व्यवहारिक रूपमा कार्यान्वयन हुनुपर्ने माग गर्दै आएका छन् । 

सरकारले २०७४ सालमा अपांगता भएका व्यक्तिविरुद्ध हुने भेदभाव अन्त्य गरी उनीहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता भएका व्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माण र विकास प्रक्रियामा सहभागी गराई स्वावलम्बी र सम्मानजनक जीवनयापनको वातावरण सुनिश्चित गर्ने सम्बन्धमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएको जनाउँदै अपांगता भएका व्यक्तिसम्बन्धी ऐन ल्याएको थियो । 

समाजका अध्यक्ष ल्याक्पा नुरु शेर्माले ऐनमा अपांताता भएका व्यक्तिलाई शैक्षिक संस्था, आवास, कार्यस्थल, भवन, सडक, यातायात, विद्युतीय सञ्चार सेवालगायत सर्वसाधारणलाई खुला भएका वा प्रदान गरिएका अन्य सेवा तथा सुविधामा सहज पहुँचको अधिकार हुने व्यवस्था भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरे । 

सन् २००५ मा स्थापना भएको समाजले स्थापनाकालदेखि नै यस समाजले श्रवण दृष्टिविहीन भएका व्यक्तिहरूलाई खोजी संकलन गर्ने, पहिचान गर्ने र तिनीहरूलाई आवश्यक दैनिक जीवनयापनसम्बन्धी तालिम दिने कार्य एवं श्रवण दृष्टिविहीन व्यक्तिहरूको हक र अधिकारका लागि सरकारी तथा गैरसरकारीसँग सहकार्य एवं पैरवी गर्दै आएको छ ।