२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

अ+ अ-

एएफपी । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कँदै थिए । प्रहरीका अनुसार, बसमा रहेका यात्रुहरू भारत, चीन र फिलिपिन्स मूलका थिए ।

“चालकको ध्यान केही समयका लागि अन्यत्र गएको, त्यसपछि गाडीको सन्तुलन गुमेको र सुधार गर्ने प्रयासमा गाडी झनै अनियन्त्रित भएर दुर्घटना भएको देखिन्छ,” न्यूयोर्क राज्यका प्रहरी प्रमुख आन्द्रे रेले घटनास्थलमा जानकारी दिए ।

बसमा ५४ जना सवार थिए। प्रारम्भिक विवरणमा बालबालिकाको मृत्यु भएको भनिए पनि पछि त्यसको पुष्टि भएको छैन । बालबालिकाको ज्यान गएको छैन ।

छ जना चिनियाँ नागरिक पनि बसमा सवार थिए । पाँच जनालाई सामान्य चोट लागेर उपचारपछि घर पठाइएको छ भने एक जना अझै उपचारमा छन् । बसले सोही दिन सीमामा रहेको नियाग्रा जलप्रपातको यात्रा गरेर फर्कने क्रममा दुर्घटना भएको हो ।

यान्त्रिक खराबीको सम्भावना हटाइयो प्रहरीले गाडीमा कुनै यान्त्रिक खराबी वा चालकले मादक पदार्थ सेवन गरेको प्रमाण नभेटिएको स्पष्ट पारेको छ । हालसम्म कसैलाई कारबाही गरिएको छैन ।

घटनास्थलमा विभिन्न भाषा बोल्ने यात्रुहरू रहेका कारण सञ्चारको सहजताका लागि अनुवादकहरू समेत पठाइएको थियो ।उद्धार कार्यका लागि आठ वटा हेलिकप्टर प्रयोग गरिएको थियो । उद्धार कार्यमा सहयोग गर्ने सबै टोलीलाई सराहना गरिएको छ ।

राज्यकी प्रमुख अधिकारी केथी होचुलले राज्य प्रहरी र स्थानीय तहसँग समन्वय गरेर पीडितहरूलाई आवश्यक सहयोग प्रदान भइरहेको जनाइन् । दुर्घटनापछि रक्तदानको मागसमेत गरिएको छ ।

“ज्यान गुमाएका तथा घाइते यात्रुहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई धन्यवाद दिन चाहन्छु,” न्यूयोर्कका वरिष्ठ जनप्रतिनिधि चक शुमरले बताए । नियाग्रा जलप्रपात अमेरिका र क्यानाडाको सिमानामा पर्ने एक प्रमुख पर्यटकीय स्थल हो ।