२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयोगले निर्धारण गर्‍यो रुपन्देही ३ को उपनिर्वाचनमा सहभागी हुने दललाई निर्वाचन चिन्ह

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा भाग लिने २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको छ ।

आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी कात्तिक १७ गते सोमबारका दिन तय भएको उपनिर्वाचनमा सहभागी हुनका लागि आयोगमा दर्ता भएका २६ राजनीतिक दललाई निर्वाचन चिन्ह निर्धारण गरेको हो ।

नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनको लागि विभिन्न राजनीतिक दललाई दर्ता गरी निर्वाचन चिन्ह निर्धारण गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३१ को उपदफा (१) अनुसार दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

राजपत्रमा प्रकाशित सूचना अनुसार, उपनिर्वाचनका लागि दर्ता भएका प्रमुख दल र उनीहरूले प्राप्त गरेका निर्वाचन चिन्हमा नेकपा (एमाले)लाई सूर्य, नेपाली काँग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई घण्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हलो, जनमत पार्टीलाई लाउड स्पिकर, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लाई कलम चिन्ह निर्धारण गरिएको छ ।

यस्तै राष्ट्रिय जनमोर्चालाई गिलास, मंगोल नेशनल अर्गनाइजेशनलाई कुखुराको भाले, नेपालका लागि नेपाली पार्टीलाई गोलाकार भित्र शङ्ख, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाललाई षट्कोण, जनता समाजवादी पार्टी (जसपा)लाई गोलाकार भित्र मुठ्ठी निर्वाचन चिन्ह निर्धारण गरेको छ ।

आयोगले अन्य दर्ता भएका दललाई पनि निर्वाचन चिन्ह प्रदान गरेको छ, जसमा जन प्रजातान्त्रिक पार्टी, नेपाललाई गैँडा, नेपाल जनमुक्ति पार्टीलाई घर, हाम्रो नेपाली पार्टीलाई लौरो र बहुजन शक्ति पार्टीलाई जग निर्वाचन चिन्ह निर्धारण गरेको जनाइएको छ ।