काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । गृह मन्त्रालयमा बसेको बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको जनाइएको छ।
त्यसैगरी पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परे तत्काल परिचालन हुनसक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सहभागी थिए।







