२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान न्यायाधीश राउतले भने-‘पानीको स्रोत संरक्षण र संवर्द्धन गर्न अपरिहार्य छ’ 

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, संवर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको उल्लेख गरेका छन् । 

नेपाल पानी सदुपयोग फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय स्रोत रक्षक २०८२ तथा ८७औँ पानी सत्संग कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण देखिएको पानीको अभाव र असन्तुलन मानव जीवनमै ठूलो सङ्टको कारण बन्न सक्ने बताए । 

प्रधान न्यायाधीश राउतले भने, “पानी नभई नहुने चिज हो, हामीले सेताम्मे हिमाल गुमाउँदै गएका छौँ, अब ती कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । जलवायु परिवर्तनले हाम्रो पानीको स्रोतमाथि नै गम्भीर असर पारिरहेको छ । यस्तो अवस्थामा पानीको सदुपयोग मात्र नभई संरक्षण र संवर्द्धन अपरिहार्य छ ।” 

पानी एक प्राकृतिक स्रोत मात्र नभई मानव सभ्यता र प्रकृतिको निरन्तरतासँग सम्बन्धित जीवनदायिनी तत्त्वका रूपमा रहेकाले यसको दीर्घकालीन संरक्षणमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

प्रधान न्यायाधीश राउतले मानव जीवनको दिगोपन, प्राकृतिक सन्तुलन र समृद्धिको मूल आधारको रूपमा पानीलाई लिनुपर्ने आवश्यकता औँल्याए । “हामीले अहिले नै सचेत भई पानीको उचित व्यवस्थापन गर्न नसके हाम्रो भविष्य अन्धकारमय हुनसक्छ । यसैले पानीको संरक्षण हाम्रो भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो । यसमा सबै गम्भीर बनौँ”, उनले भने ।

प्रधान न्यायाधीश राउतले पानीको सामाजिक, आर्थिक र पर्यावरणीय महत्त्वमाथि चर्चा गर्दै संविधान र कानुनद्वारा सुनिश्चित गरिएको प्राकृतिक स्रोतमाथिको हक कार्यान्वयनमा राज्य गम्भीर बन्नुपर्ने उल्लेख गरे । उनले पानी केवल घर–परिवारको आवश्यकता पूरा गर्ने विषय मात्र नभई राष्ट्रिय समृद्धि र दिगो विकासको मेरुदण्ड भएको धारणा राखे ।

फाउण्डेशनका अध्यक्ष डा ङमिन्द्र दाहालले हाल देशभर पानीको असमान वितरण, भू–उपयोगको विकृति, प्रदूषण र असहज सहरीकरणका कारण पानीका  स्रोतहरू जोखिममा परेको बताए । उनले भने, “प्राकृतिक स्रोत संरक्षणको उत्तरदायित्व सबै नागरिकको हो । पानीको संरक्षण र सदुपयोग भविष्यसँग जोडिएकाले सबैले मिलेर स्रोत जोगाउनुपर्ने बेला आएको छ ।।” 

कार्यक्रममा जलस्रोत, वातावरण तथा जलवायु क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, विज्ञ, अभियन्ताहरूले नेपालमा पानीको स्रोत संरक्षणमा जनचेतना, नीतिगत पहल, प्रविधिको प्रयोग र स्थानीय तहको सक्रियता आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा विद्वान लेखक एवं पूर्वजलस्रोत सचिव भुवनेशकुमार प्रधानलाई पानीलगायत राष्ट्रिय स्रोत संरक्षणमा विशिष्ट योगदान गरेको भन्दै राष्ट्रिय स्रोत रक्षक सम्मान प्रदान गरिएको थियो ।