२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बामदेव गौतमले भने : ‘प्रत्येक सदस्यले पार्टीलाई शुल्क बुझाएपछि जिम्मेवारी पनि दिनुपर्छ’

अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले पार्टीका नेताहरू काठमाडौँ केन्द्रित भएको भन्दै आलोचना गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताएका हुन् ।

पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उनको भनाइ छ ।

‘नेकपा (एकीकृत समाजवादी)का सबै नेताहरू काठमाडौँ उपत्यकामै हुनुहुन्छ । त्यसो भएपछि तल नेताहरू हुने कुरा भएन । यस्तो मलाई लागेको हुनाले ती नेताहरूलाई साथमा लिएर पार्टीले यस्तो निर्णय गरोस्,’ गौतमले अघि भने, ‘कि पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी बहन गर्नुपर्छ । एउटा न एउटा कार्यक्षेत्र उसको हुनुपर्छ । किनभने कम्युनिष्ट पार्टीको सिद्धान्तले त्यही भन्छ ।’

पार्टीका सबै सदस्यहरूलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा पनि गौतमले जोड दिए । पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरूलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिए ।

‘पार्टी सदस्यता प्राप्त गरिसकेपछि त्यो व्यक्तिले प्रतिमहिना सदस्यता शुल्क तिर्नुपर्छ । र कमिटीका अरू सदस्यहरूसँगको जिम्मेवारी नजुध्ने गरी उसको छुट्टै कार्यक्षेत्र हुनुपर्छ । त्यस्तो भएको छैन भने ती सबै नक्कली कम्युनिष्ट हुन्,’ गौतमले भने, ‘यहाँ पनि नक्कली कम्युनिष्ट हुनसक्छ । जिम्मेवारी तोकिएको छैन भने तिनीहरू नक्कली कम्युनिष्ट नै हुन सक्छन् ।’

पार्टी सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने आवश्यकता उनले औँल्याए ।

‘हामी गर्ने काम भनेको सिद्धान्त बुझाउने, समाजवाद बुझाउने, समाजवाद निर्माण कसरी गर्ने ?, आजको परिस्थितिमा के गर्न जरुरी छ ? भन्ने उद्देश्य राखेर प्रत्येक व्यक्तिले काम गरेको हुनुपर्छ, जनतामा गएको हुनुपर्छ,’ गौतमले भने, ‘आफ्नो पार्टीको नीति र सिद्धान्तको पालना गरेको हुनुपर्छ । त्यस्तो गर्नुपर्छ भन्ने मनमा लागेको हुनाले मैले सोचेको एकीकृत समाजवादीको नेतै नेता हुनुहुन्छ । तर तल्लो तहमा गएर विरोधीका विचारलाई खण्डन गर्ने, त्यहाँका जनतालाई प्रेरित गर्ने नेताहरू छैनन् कि । सबै ठुला नेताहरू त यहीँ छन् ।