२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी र राष्ट्रिय अनुसन्धानलाई पिकअप भ्यान र मोटरसाइकल हस्तान्तरण

अ+ अ-

काठमाडौँ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सुरक्षा व्यवस्था कायम गर्नमा सहयोग पुग्ने दृष्टिकोणले मधेश प्रदेशका सुरक्षा निकायलाई सवारीसाधन हस्तान्तरण गरिएको छ । 

मन्त्रालयले नेपाल प्रहरी मधेश प्रदेश कार्यालयलाई २१ थान मोटरसाइकल, एक थान पिकअप भ्यान र राष्ट्रिय अनुसन्धानलाई दुईथान कार र दुई थान पिकअप भ्यान हस्तान्तरण गरेको हो । 

सोमबार मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले नेपाल प्रहरीका मधेश प्रदेश कार्यालय प्रमुख एवम् डिआइजी उमाप्रसाद चतुर्वेदीलाई आर्थिक वर्ष २०८१–८२ मा खरिद गरिएको सो मोटरसाइकाल र पिकअप भ्यानका कागजात र साँचो हस्तान्तरण गरे। 

कार्यक्रममा मन्त्री लेखीले राष्ट्रिय अनुसन्धानका धनुषा, महोत्तरी, रौतहट र सप्तरीको कार्यालय प्रमुखहरूलाई समेत भ्यान र कारको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले प्रदेशको आफ्नो प्रहरी प्रशासन नभए पनि प्रदेशका नागरिकको सुरक्षा प्रदान गराउने विषयमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । 

स्रोत साधनका बाबजुद पनि आफ्नो मन्त्रालयले नागरिकको हितमा काम गर्ने गरेको बताए । उनले सुरक्षा निकायलाई सेवा प्रभाव गर्नमा सहजताका लागि प्रदेश सरकारले २१ थान मोटरसाइकल र पाँच थान गाडी हस्तान्तरण गरिएको भन्दै यसले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानलाई कामकाज गर्नमा सहजता हुने बताए । 

उनले आफू कष्टमा रहेर पनि नागरिकको सुरक्षा गर्ने प्रहरीका लागि चालु आर्थिक वर्षमा गाडी खरिदका लागि बजेट विनियोजन गरिएको बताए । उनले समाजको सबै क्षेत्र र सबै अंग जिम्मेवार बन्न सके मात्रै सभ्य समाजको निर्माण हुने भएकाले यस कार्यमा हामी सबै लाग्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले मधेश प्रदेशमा नागरिकलाई सेवा प्रदान गर्ने कार्यमा सहजताका लागि प्रहरी प्रशासनलाई प्रदेश सरकारले यसप्रकारको सहयोग गरेको बताए ।

कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रमुख एवं डिआइजी उमाप्रसाद चतुर्वेदीले आम नागरिकको सुरक्षा प्रदान गर्ने कार्यमा नेपाल प्रहरीसँग अझै पनि साधन स्रोतको अभाव रहेको बेला प्रदेश सरकारबाट भएको यस प्रकारको सहयोगले अपराध नियन्त्रणमा सहज हुने बताए । 

कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, उच्चपदस्थ सुरक्षा अधिकारीको उपस्थिति थियो ।