२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट प्रधानाध्यापक र शिक्षक पुरस्कृत गरिने

अ+ अ-

काठमाडौँ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले उत्कृष्ट प्रधानाध्यापक र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ ।

सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेको गाउँपालिकाले अबदेखि प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रधानाध्यापक र शिक्षकलाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो ।

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट उत्कृष्ट छनोट हुने एक प्रधानाध्यापक र तहगत आधारमा उत्कृष्ट तीनजना शिक्षकलाई गाउँपालिकाले पुरस्कृत गर्ने भएको हो । सामुदायिक विद्यालयको शैक्षिक सुधारको अभियानलाई सार्थकता दिई तहगत उत्कृष्ट शिक्षक छनोट तथा शिक्षण पेशालाई व्यवस्थित, प्रतिस्पर्धी र नतिजामुखी बनाउने उद्देश्यसहित शिक्षकलाई पेशाप्रति प्रोत्साहित गर्न पुरस्कृत गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए ।

अध्यक्ष वनेमका अनुसार पालिकाले उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षक छनोटसम्बन्धी मापदण्ड बनाई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक मध्येबाट उत्कृष्ट एक जना प्रधानाध्यापकलाई २० हजार रुपियाँ नगदसहित सम्मान तथा पुरस्कृत गरिनेछ ।

त्यस्तै तहगतअन्तर्गत कक्षा १-५, कक्षा ६-८ सम्म आधारभूत तह र कक्षा ९-१२ माध्यमिक तहका शिक्षकमध्येबाट उत्कृष्ट हुने एक-एक गरी तीन जना शिक्षकलाई जनही १५ हजार रुपियाँका दरले नगदसहित पुरस्कृत गर्ने गरी पालिकाले मापदण्ड बनाएको छ ।

गाउँ शिक्षा समितिले उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षक छनोट गर्नेछ । सामाजिक विकास समिति संयोजकको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृत वा शिक्षा शाखा प्रमुख सदस्य रहेको छनोट समितिले पुरस्कृत हुने प्रधानाध्यापक तथा शिक्षकको नाम गाउँपालिकासमक्ष सिफारिस गर्नेछ । छनोट समितिले सिफारिस गरेको आधारमा उत्कृष्ट प्रधानाध्यापक तथा शिक्षकलाई पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।