२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्जमा झाडा पखाला र हैजाको संक्रमण डिप बोरिङको पानीबाट नफैलिएको पुष्टि

अ+ अ-

काठमाडौँ । वीरगन्जमा झाडा पखाला र हैजाको संक्रमण डिप बोरिङको पानी र नेपाल खानेपानी संस्थानद्वारा वितरित पानीबाट नफैलिएको पुष्टि भएको छ। 

खानेपानी मन्त्रालय अन्तर्गतको पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरले सोमबार साँझ सार्वजनिक गरेको परीक्षण रिपोर्टले वीरगन्जमा संस्थान वा डिप बोरिङको पानीबाट झाडापखाला र हैजाको संक्रमण नफैलिएको पुष्टि गरेको हो। 

हैजाले सबैभन्दा बढी प्रभावित वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ बाट संस्थान र डिप बोरिङको धाराको पानीको नमुना संकलन गरेर परीक्षणका लागि गत शनिबार पानी गुणस्तर परीक्षण प्रयोगशाला जनकपुरमा पठाइएको थियो। 

उक्त पानीको परीक्षण गर्दा त्यसमा झाडापखाला र हैजाको संक्रमण हुने इकोलीफर्म नामक जीवाणु र तथा दिसामा भेटिने फिकल कोलिफर्म नामक जीवाणु नभेटिएको प्रयोगशालाले सोमबार साँझ सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। 

संक्रमणबाट बढी प्रभावित गत शनिबार वडा नम्बर १२ र १३ का शंकास्पद विभिन्न १२ स्थानबाट खानेपानी संस्थान र डिप बोरीङका धाराबाट पानीको नमुना संकलन गरेर परीक्षणका लागि जनकपुरको पानी गुणस्तर परीक्षण प्रयोगशाला र काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको थियो। 

त्यसमध्ये जनकपुरको प्रयोगशालाबाट सोमबार साँझ आएको रिपोर्टमा झाडापखाला र हैजाको संक्रमण फैलाउने जीवाणु इकोलिफर्म र दिशामा भेटिने फिकल कोलिफर्म नामक जीवाणु मध्ये कुनै पनि नभेटिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।