२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली राजदूतावासले माग्यो यूएईमा कार्यरत नेपाली विज्ञहरूको विवरण

अ+ अ-

काठमाडौँ । नेपाली राजदूतावास युएईले विज्ञहरूको विवरण माग गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत डाक्टर, इन्जिनियर, आइटी इन्जिनियर, पाइलट, चार्टर्ड एकाउन्टेन्ट, प्राध्यापक, अनुसन्धानकर्ता, तथा विज्ञान प्रविधि, नवप्रवर्तन, प्रबन्धन लगायतका क्षेत्रमा संलग्न नेपाली विज्ञहरूको विवरण माग गरेको हो ।

दूतावासले एक सूचना जारी गर्दै आफ्नो विज्ञता र त्यसको विवरण जानकारी दिन भनेको हो । विदेशमा रहेका विज्ञहरूले नेपालको समग्र विकास प्रक्रियामा योगदान पुर्‍याउने उद्देश्यले परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘ब्रेन गेन सेन्टर सँग सहकार्य गर्ने तयारी भइरहेको जनाएको छ ।

यसअन्तर्गत यूएईमा रहेका विज्ञहरूले विभिन्न सामाजिक, शैक्षिक तथा प्रविधिसम्बन्धी विषयमा आफ्नो दक्षता र अनुभव साझा गर्दै नेपालको विकासमा सहयोग गर्ने अवसर पाउने दूतावासले उल्लेख गरेको छ ।

त्यसका लागि सम्बन्धित क्षेत्रमा कार्यरत नेपाली विज्ञहरूले दूतावासले उपलब्ध गराएको क्युआर कोड स्क्यान गरी अनलाइन फाराममार्फत आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

दूतावासले शैक्षिक र व्यावसायिक क्षेत्रमा संलग्न व्यक्तिहरूबीच अन्तरक्रियात्मक कार्यक्रम र छलफल समेत आयोजना गरिने जनाएको छ ।

यूएईमा अध्ययनरत विद्यार्थी तथा ट्राभलरटुरिजम र अन्य व्यावसायिक क्षेत्रमा कार्यरत व्यक्तिहरूको विवरण संकलनका लागि छुट्टै सूचना प्रकाशित गरिने दूतावासले जनाएको छ ।