काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट राजीनामा दिएकी ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्।
पार्टीको निर्णय अनुसार न्यौपानेले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावक काँग्रेस सांसद रामहरि खतिवडा छन् भने समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन्। खतिवडा यसअघि सभापति थिए।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई काँग्रेसले यसअघि उपसभामुखको उम्मेदवार पनि बनाएको थियो।







