२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री पौडेलको दाबी : ‘प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुन्छ’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको ३०० क्षमताको अस्पताल भवन निर्माणका लागि सम्झौता हुने बताएका छन् । 

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा आजदेखि सुरु भएको ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’ प्रणालीको शुभारम्भ गर्दै मन्त्री पौडेलले अस्पताललाई ३०० शय्या क्षमतामा विस्तार गरिने र त्यसका लागि भारत सरकारसँग सम्झौता हुने बताए । 

अस्पतालको स्तरोन्नतिका लागि यसअघि नै भारत सरकारले सहमति जनाइसकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा यस सम्बन्धमा सम्झौता भएर निर्माणको प्रक्रिया सुरु हुने मन्त्री पौडेलले बताए । 

मन्त्री पौडेलले भने, “अस्पतालको डिपिआर अनुसार रु. ६०० करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौँ ।” उनले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यस अवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताए। 

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ । त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । 

मन्त्री पौडेलले जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई जनताको आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि तीन तहकै सरकारको यसमा सहयोग आवश्यक रहेको उल्लेख गरे । उनले भने, “संघ सरकार मातहत रहेको यस अस्पताललाई प्रदेश र स्थानीय सरकारको पनि सहयोगको खाँचो छ ।”

मन्त्री पौडेलले अस्पतालमा एमडिजिपी डाक्टर पढाउने व्यवस्था गरिने बताउँदै त्यसका लागि कम्तीमा ७०० बिरामी अस्पताल आउने अवस्था हुनुपर्ने बताए। उनले स्वास्थ्य बीमालाई व्यवस्थित बनाइने बताउँदै बजेट अभावका कारण स्वास्थ्य बीमाको भुक्तानी दिन समस्या भइरहेको चर्चा गरे ।