२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिव पौडेलको ‘भुटान: यात्रा एक अनुभूति अनेक’ पुस्तक विमोचन

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्रालयका उपसचिव भुवन पौडेलद्वारा लिखित “भुटान: यात्रा एक अनुभूति अनेक” नामक नियात्रा पुस्तक विमोचन गरिएको छ। पुस्तकको विमोचन भुटानका पूर्व आर्थिक तथा प्राकृतिक स्रोत मन्त्री लोकनाथ शर्मा चापागाईंले गरे ।

लेखक पौडेलले २०८२ साल भाद्र ११ गते (२०२५ अगस्ट २७) आयोजित कार्यक्रममार्फत सार्वजनिक पुस्तकमा भुटान भ्रमणका क्रममा देखेका, भोगेका र अनुभव गरेका विविध पक्ष प्रस्तुत गरेका छन्। कूटनीतिक सेवामा १७ वर्षदेखि आवद्ध पौडेलले २०२५ जुन २० देखि २४ सम्मको भुटान यात्रा पछि संकलित अनुभवलाई पुस्तकमार्फत प्रस्तुत गरेका हुन्।

पुस्तकमा भुटानको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका अभ्यासहरुसहित पछिल्लो समयको पर्यटन नीति र जलवायु परिवर्तनविरुद्धको रणनीतिमा विस्तृत विवेचना गरिएको छ। विशेषगरी भुटानले हासिल गरेको शून्य कार्बन उत्सर्जन नीतिलाई लेखकले अनुकरणीय भन्दै वातावरण र विकासबीचको सन्तुलनप्रति प्रसंसा गरेका छन्।

पुस्तकमा भुटानको जनस्तरमा अनुभव गरिएको आतिथ्य, आर्थिक र सामाजिक प्रगति, शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका र पर्यटन नीतिबाट पाएको प्रेरणाको चर्चा गरिएको छ। लेखकका अनुसार भुटानका असल अभ्यासहरू नेपालले पनि अनुकरण गर्न सक्ने अवस्था रहेको छ।

यस कृतिको भूमिका कथाकार तथा कूटनीतिज्ञ, नेपाली पूर्वराजदूत मधुवन पौडेलले लेखेका छन्। उनले पुस्तकमा समाविष्ट विषयवस्तुको विश्लेषण गर्दै आफ्ना पाँच पटकका भुटान भ्रमणका रोचक प्रसंग पनि समेटेका छन्।

विमोचन कार्यक्रममा पूर्वराजदूत, कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने विज्ञ, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो।