२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली महावाणिज्यदूत निरौला र चिनियाँ महानिर्देशक तिङबीच ल्हासामा भेटवार्ता

अ+ अ-

ल्हासा । चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको सिचाङ स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङबीच भेटवार्ता सम्पन्न भएको छ।

महावाणिज्यदूत निरौलाले पहिलो पटक महावाणिज्यदूतावास भ्रमण गरेका महानिर्देशक तिङलाई स्वागत गर्दै नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध, कुटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा भइरहेका कार्यक्रम तथा आपसी सद्भावले सम्बन्ध थप मजबुत भएको बताएका छन्। उनले असार २४ गते ल्हेन्दे खोलाको बाढीमा मैत्री पुल बगाउँदा प्रभावित नेपालीलाई सुरक्षित राखी स्वदेश पठाउन गरेको सहयोग र हाल फलामे पुल निर्माण भइरहेकोमा चीन सरकारप्रति आभार व्यक्त गर्दै कामलाई तीव्रता दिन आग्रह गरे।

साथै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भू-भाग भएको पुन: स्पष्ट गर्दै यसबारे नेपाल–चीनबीचको परम्परागत समझदारीअनुसार व्यवस्थापन गर्न अनुरोध गरे।

महानिर्देशक तिङले नेपाल–चीन सम्बन्ध मजबुत बनाउन महावाणिज्यदूतावासको भूमिकाको प्रशंसा गर्दै रसुवा नाका व्यवस्थापनलाई तीव्रता दिइएको जानकारी दिए।

उनले रसुवागढी र तातोपानीलाई मुख्य व्यापारिक नाका बनाउँदै किमाथाङ्का नाका सञ्चालनका लागि चीन सरकार तयार रहेको उल्लेख गर्दै दुवै मुलुक र नागरिकको हितका लागि सहकार्य गर्न तत्पर रहेको बताए।