२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विनातयारी आयोजना कार्यान्वयनमा जाँदा बढी संघर्ष’ : उपाध्यक्ष अधिकारी

अ+ अ-

काठमाडौँ। राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले विनातयारी आयोजना कार्यान्वयनमा जाँदा बढी संघर्ष गर्नुपरेको बताएका छन् ।

पूर्व योजनाकार मञ्चद्वारा आज ललितपुरमा आयोजित ‘सार्वजनिक नीति संवाद : बजेट कार्यान्वयन र समाधानमा चुनौतीहरू’ विषयक कार्यक्रममा उपाध्यक्ष अधिकारीले आयोजना प्रविष्ट गर्नु मात्र ठूलो कुरा नभएको बताए ।

उनले सबै मापदण्ड पूरा नगरेको भए अध्ययनका आयोजना र सम्पूर्ण चरण पूरा गरेका आयोजना कार्यान्वयनमा जाने गरी दुई वटा कार्ययोजना बनाइएको समेत जानकारी दिए ।

उनले कार्यान्वयनमा नजाने आयोजना अध्ययनमा जानेसमेत बताए । उपाध्यक्ष अधिकारीले अहिलेको विनियोजन ऐन अनुसार यसै आर्थिक वर्ष अध्ययनमा गएका आयोजना सम्पन्न भयो भने कार्यान्वयन चरणमा जान सक्ने समेत बताए ।

निजी क्षेत्रले क्रेडिट नलिएका र बैंकमा तरलता जम्मा भएको अवस्थामा सरकारले देशभित्र भएको स्रोत प्रयोग गर्नुपर्ने बताए । आन्तरिक ऋणलाई बाह्य ऋणसँगै तुलना गर्न नमिल्ने उनको भनाइ छ । निजी क्षेत्र लगानीमा उत्साहित नहुँदा सरकारले ऋण लिएर काम गर्नुपर्ने उनको भनाइ छ ।

उपाध्यक्ष अधिकारीले राष्ट्रिय विकास समाधान समिति बैठकमा पनि सिक्टा, हुलाकीजस्ता राष्ट्रिय गौरवका आयोजनाको समीक्षा गरिएको बताए । त्यसलाई आयोजना पक्षबाट ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइएको बताउँदै आन्तरिक क्षमता जति छ त्यसको पनि प्रयोग गर्दै जानुपर्ने बताए । त्यस्ता आयोजनाले ऋणपत्र जारी गरी दुई वर्षभित्र पूरा गरेर प्रतिफल दिने हिसाबमा काम गर्न खोजिएको बताए ।

अब राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना आयोगमा आउन नपर्ने र सम्बन्धित मन्त्रालयले प्राथमिकता प्राप्त आयोजनाका रूपमा राजपत्रमा प्रकाशित गरे हुने व्यवस्था गरिएको समेत बताए ।

पालिकाको एक सानो भवन बनाउनु पर्‍यो भने पनि योजना आयोग धाउनु पर्ने अवस्था रहेको र स्रोत सुनिश्चितता गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

नेपाल सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नतिका निम्ति सबै मापदण्ड पूरा गरी तयारी अवस्थामा रहेको बताए ।