२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षामा सघाउन भन्दै गृहसचिवद्वारा कृषि, पशु र शिक्षा सचिवलाई पत्राचार

अ+ अ-

काठमाडौँ । गृहसचिवले हाल विभिन्न क्षेत्रमा देखिएका आन्दोलन र विरोध कार्यक्रमले जनजीवन र शान्ति सुरक्षामा परेको प्रभावलाई मध्यनजर गर्दै कृषि, पशु तथा शिक्षा क्षेत्रका सचिवलाई पत्राचार गरेको छ। गृहसचिव गोकर्णमणि दुवाडीले पठाएका पत्रहरूमा समस्या समाधानका लागि तत्काल पहल गर्न अनुरोध गरिएको छ।

शिक्षा क्षेत्रमा विरोध
शिक्षक र विद्यालय सञ्चालकले शिक्षा विधेयकसहितका माग राख्दै काठमाडौँ उपत्यका तथा विभिन्न जिल्लामा धर्ना, जुलुस र विरोध कार्यक्रम सञ्चालन गरिरहेकाले विद्यालय शान्ति क्षेत्र घोषणा प्रभावित भएको गृह सचिवले पत्रमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलाई जानकारी गराएका छन्।

विद्यालय बन्द हुने जोखिम, बालबालिकाको पढ्न पाउने अधिकारमा असर र सार्वजनिक यातायातमा अवरोध हुन नदिन सम्बद्ध निकायसँग पर्याप्त समन्वय गरी समाधान खोज्न अनुरोध गरिएको छ।

उखु किसान आन्दोलन
यस्तै, उखु किसानले सरकारलाई प्रदान गर्दै आएको अनुदान कटौतीविरुद्ध आन्दोलन चर्काउँदै आएको र यसले सरकारप्रतिको विश्वासमा प्रश्न खडा गरेको भन्दै गृह सचिवले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव द्वयलाई पत्र पठाएका छन्।

डा. गोविन्द प्रसाद शर्मा, (कृषि विकास) र डा. दिपक कुमार खराल सचिव (पशुपन्छी विकास)लाई पत्रमा किसानका वास्तविक समस्याको दीर्घकालीन समाधान, अनुदान वितरणमा न्यायोचित व्यवस्था र आन्दोलनजन्य कार्यक्रम न्यूनीकरणमार्फत शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

मन्त्रालयबीच समन्वयको आवश्यकता
पत्राचारमार्फत गृह सचिवले दुवै मन्त्रालयलाई आन्दोलन र विरोधले जनजीवन अस्तव्यस्त हुन नदिने, बालबालिकाको शिक्षा प्रभावित हुन नदिने र कृषकको समस्या दीर्घकालीन रूपमा हल गर्न आवश्यक पहल र मन्त्रालयबीच सहकार्य बढाउन जोड दिएका छन्।