२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दास प्रथाका अवशेष अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको छ’: मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकबाट दास प्रथाको पूर्ण अन्त्य गर्न सरकारले गम्भीर प्रयास गरिरहेको बताएका छन् । 

आज नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको आयोजनामा सम्पन्न ‘समृद्ध बागमतीका लागि युवा सहभागिता’ विषयक वक्तृत्वकला प्रतियोगितामा उनले इतिहासमा दास प्रथा औपचारिक रूपमा अन्त्य भए पनि कतिपय ठाउँमा त्यो प्रवृत्तिका अवशेष बाँकी रहेको बताए ।

मन्त्री गुरुङले चन्द्र शमशेरले औपचारिक रूपमा दास प्रथा अन्त्य गरे पनि ग्रामीण तथा दुर्गम भेगमा यस प्रथाको प्रभाव अझै कायम रहेको बताउँदै त्यसलाई पूर्ण रूपमा निर्मूल पार्नका लागि सरकार निरन्तर लागिपरेको स्पष्ट पारे । उनले भने, “दास प्रथा उहिल्यै अन्त्य भइसकेको इतिहासमा उल्लेख छ, तर अझै पनि केही ठाउँका समाजमा यस्ता अवशेष जीवितजस्तै देखिन्छन् । यस्तो अवशेष अन्त्य गर्न नीतिगत तथा व्यावहारिक रूपमा काम भइरहेको छ ।”

नेपाली समाजले सामन्ती व्यवस्था पार गरेर अब पुँजीवादी संरचनातर्फ गइरहेको धारणा राख्दै मन्त्री गुरुङले सामाजिक व्यवहार, परम्परा र जीवनशैलीमा आएको रूपान्तरणलाई पुँजीवादी परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखे । उनले यस्तो रूपान्तरण सकारात्मक हो कि नकारात्मक भन्ने बहस खुला रहेको जनाउँदै समाजका हरेक परिवर्तनलाई विवेकपूर्ण तरिकाले मूल्यांकन गर्न जरुरी रहेको बताए । 

एक अर्को प्रसंगमा मन्त्री गुरुङले एमालेको ‘मिसन ८४’ अभियानलाई सफल बनाउन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व अपरिहार्य रहेको बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्र देशले राजनीतिक स्थायित्व र समृद्धिको यात्रा तय गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा एमाले नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले देश विकासको मेरुदण्डका रूपमा रहेका युवालाई अघि सार्नुपर्ने भन्दै युवा वर्गलाई पनि सकारात्मक सोच तथा राष्ट्रप्रतिको जिम्मेवारीका साथ अघि बढ्न आह्वान गरे । “देश विकास गर्ने हो भने अब युवा अग्रसर हुनुपर्छ, रोजगारी छैन भनेर देश छाड्ने होइन, बरु यही अवसर खोज्नुपर्छ, अवसर सिर्जना गर्नुपर्छ”, पण्डितले भने । प्रतियोगितामा बागमती प्रदेशका ११ जना युवा सहभागी भएका थिए ।