काठमाडौँ । संघीय निजामती सेवा ऐन तत्काल लागू हुने भएको छ। यसै आर्थिक वर्षदेखि निजामती कर्मचारीको अवकाश उमेर ५९ वर्ष पुर्याइनेछ भने अर्को आर्थिक वर्षदेखि ६० वर्ष कायम गरिने व्यवस्था गरिएको छ।
यो व्यवस्था राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट टुंगो लागेको हो। समितिको निर्णयपछि राष्ट्रपतिबाट प्रमाणित भई राजपत्रमा प्रकाशित हुनेबित्तिकै ऐन लागू हुने सहभागी एक उच्च अधिकारीले प्रशासनसँग बताएका छन्।
एकै पटक दुई वर्ष बढाउने कि चरणबद्ध रूपमा लैजाने भन्ने विषयमा लामो छलफलपछि, नयाँ भर्नामा असर पर्न सक्ने र युवामा निराशा बढ्ने तर्कसहित अन्तत: दुई चरणमै लागू गर्ने सहमति बनेको हो।







