२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुर तनाव : झण्डा विवादपछि घरेलु हतियारसहित आक्रमण, प्रहरीले चलायो ८० राउण्ड हवाई फायर

अ+ अ-

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२० देवपुरा रूपैठामा झण्डा विवादका कारण सुरु भएको झडप आज पनि उग्र बनेपछि अवस्था तनावग्रस्त भएको छ।

धनुषाका एसपी नरहरि रेग्मीका अनुसार झण्डाको विषयमा दुवै पक्षबीच सहमति भएर मुस्लिम समुदायले राखेको झण्डा हटाइए पनि, हिन्दुपक्षको निकाल्न खोज्दा त्यसपछि हिन्दु पक्षबाट घरेलु हतियारसहित प्रहरीले आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको हो। उनका अनुसार अहिले स्थिति नियन्त्रणमा छ।

ठूलो संख्यामा प्रहरी परिचालन
प्रशासन स्रोतका अनुसार, घटनास्थलमा करिब ४०० जना प्रहरी खटाइएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब ८० राउण्ड हवाई फायर गरेको छ। सो क्रममा २५ भन्दा बढी प्रहरी घाइते भएका छन्। अहिले जनकपुरधाम क्षेत्रमा उच्च सतर्कता (हाई अलर्ट) कायम गरिएको छ।

हिजोको विवाद आज झडपमा परिणत
स्थानीय झन्डाचोकमा रहेको टावरलाइट पोलमा मुस्लिम समुदायले लगाएको हरियो झण्डा हटाउने क्रममा हिजो नै विवाद चर्किएको थियो। गणेश पूजाको मूर्ति विसर्जनपछि फर्कने क्रममा झण्डा हटाउने प्रयास गर्दा दुई समुदायबीच झडप भएको थियो। त्यतिबेला प्रहरीले ११ राउण्ड अश्रुग्याँस प्रहार गरेको र दुई जना घाइते भएका थिए।

आज बिहान दुवै समुदायका भद्रभलाद्मी र प्रहरी प्रशासनबीच सहमति भई मुस्लिम पक्षले लगाएको झण्डा हटाइए पनि, त्यसपछि हिन्दु पक्षले लगाएको झण्डा हटाउने क्रममा फेरि ढुंगामुढा र आक्रमण भएको हो।

सुरक्षा सतर्कता
हाल घटनास्थल र आसपासका क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ। जनकपुरधाममा सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।