२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आसामविरुद्धको चौथो खेलमा नेपाल पराजित, पाँच खेलको शृङ्खला २-२ को बराबरीमा 

अ+ अ-

काठमाडौँ । भारतको आसाम राज्यविरुद्धको चौथो खेलमा नेपाल ‘ए’ ले १८ रनको हार बेहोरेको छ । 

आइतबार एसीए रंगशाला गुवाहिटीमा सम्पन्न खेलमा आसामले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १५६ रन मात्र बनाउन सक्यो । 

नेपालका कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए । यस्तै, इशान पाण्डेले २८ रन थप्दा सन्दीप जोरा, मोहम्मद आदील आलम र शेर मल्लले समान ११ रन जोडे । 

आसामका अब्दुलअजिज कुरैसी र अभिनव चौधरीले समान तीन विकेट लिए । साद्दिक हुसैनको नाममा एक विकेट रह्यो । 

त्यसअघि टस जितेर ब्याटिङमा आएको आसामले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो । आसामका ओपनर तथा कप्तान सुमित खाडिगाओन्करले सर्वाधिक ७० रन बनाए । यस्तै, अर्का ओपनर ऋषिकेश तामुलीले ४६ रन थपे । निहार देकाले ३७ रन बनाए । 

नेपालका आकाश चन्दले दुई र बसिर अहमेदले एक विकेट लिए । यो जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा आएको छ । 

यसअघि पहिलो खेलमा नेपालले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार १५ रनको हार बेहोरेको थियो । तर, यसपछि दोस्रो र तेस्रो खेलमा भने नेपालले ९६ र नौ रनको जित निकालेको थियो । यी दुई टिमबीचको पाँचौँ तथा अन्तिम खेल सोमबार (भोलि) हुनेछ ।