२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरेन्द्र पाण्डेले भने-‘पूर्वराष्ट्रपतिको सदस्यताबारे विधान अधिवेशनमा पनि फरक मत राख्छु’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताबारे पार्टीले लिएको निर्णयमा आगामी विधान महाधिवेशनमा पनि स्वाभाविक रूपमा आफ्नो फरक मत रहने बताएका छन् ।

सोमबार काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरसंवादको क्रममा उनले संविधानले रोक्दै नरोकेको विषयलाई पार्टीले विधान बनाएर रोक्न नमिल्ने जिकिर गरे ।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । पार्टीको उक्त निर्णयमा पाण्डेले फरक मत दर्ज गरेका थिए । पार्टी अपानिमा उक्त मत सर्कुलर नभएपछि उनले पार्टीमा पुनः स्मरण गराएका थिए ।

केन्द्रीय कमिटी बैठकमा आफूले फरक मत राखेको र उक्त विषय आगामी विधान महाधिवेशनमा पनि राख्ने बताए ।

‘पछिल्लो केन्द्रीय कमिटी बैठकमा मसहित अरू नेताहरूले फरक मत राख्नुभयो । त्यसलाई तत्कालै भिन्न मतको रूपमा माइनट लेखन लेख्ने टोलीलाई दियौँ । त्यो अपानिमा सर्कुलर भएन भनेपछि युवराज ज्ञवाली र म संयुक्त रूपमा छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौँ,’ पाण्डेले भने, ‘स्वाभाविक रूपमा आगामी विधान अधिवेशनमा हाम्रो यो फरक मत रहन्छ । आउँदो महाधिवेशनको विषयमा पनि हामी उठाउनेछौँ ।’

संविधानले कुनै पनि व्यक्तिलाई पार्टी सदस्य बन्न रोक नलगाएको भन्दै उनले यस्तो बताएका हुन् ।

सोही प्रसंगमा संवाद गर्ने क्रममा पाण्डेले भनेका छन्, ‘संविधानले रोक्दै नरोकेको कुरालाई कुनै पार्टीले विधान बनाएर रोक्न मिल्छ र ? या त यस्ता विषयहरू संविधान र कानुनले तोक्नुपर्थ्यो । लोकतान्त्रिक अधिकारलाई रोक्ने काम पार्टीले गर्न मिल्दैन ।’

पार्टी सदस्य बन्नासाथ अध्यक्ष नै भइहाल्छ कि भन्ने लिन नहुने पनि उनले बताए ।

‘पार्टीको सदस्य बन्नासाथ पार्टीको अध्यक्ष नै भइहाल्छ भन्ने हुँदैन । पार्टीको अध्यक्ष बन्ने प्रक्रिया अर्कै छ । यो विषय पनि हामी पार्टीको विधान महाधिवेशनमा उठाउँछौँ । र उठ्छ,’ उनले भने ।

संविधानले निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जान्छ भनेको भन्दै पार्टी सदस्य बन्न रोक नलागेको बताए ।