२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोक सेवाको निष्पक्षता, पारदर्शीता र जवाफदेहीले आयोगप्रति युवाको ठुलो भरोसा छ’ : अध्यक्ष रेग्मी

अ+ अ-

काठमाडौँ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले लोक सेवा आयोगको निष्पक्षता, पारदर्शीता र जवाफदेहीताकै कारण आयोगप्रति आकर्षण बढिरहेको बताएका छन् ।

लोक सेवा आयोगको ७५ वर्ष प्रवेश हीरक जयन्ती वर्ष २०८२ को अवसरमा लोकसेवा आयोग पहुँच अन्तर्गत सोमबार बुटवलमा आयोजना गरिएको विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष रेग्मीले आयोगप्रति विद्यार्थीहरूको ठूलो भरोसा रहेको उल्लेख गरेका हुन्।

उनले अध्ययन सकेर सरकारी सेवामा प्रवेश गर्नेहरूको लोक सेवाको निष्पक्षताप्रति विश्वास रहेकोले नै वार्षिक करिब ५ लाख बढी परीक्षार्थीले लोक सेवाको परीक्षा दिने गरेको बताए ।

नेपालको सबैभन्दा पुरानो संवैधानिक निकाय लोक सेवा आयोग रहेको चर्चा गर्दै अध्यक्ष रेग्मीले सबैभन्दा बढी विश्वास जित्ने संस्थाको रूपमा यसको गौरव रहेकोले अझै यसको विश्वसनीयता बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे ।

संविधानले समेत लोक सेवा आयोगको अधिकार थपेको भन्दै उनले विगतमा निजामती सेवाको मात्रै परीक्षा लिने आयोगले अहिले विभिन्न संस्थान, बोर्ड, प्राधिकरण, विश्वविद्यालय, बैंक लगायतका संस्थाहरूले लोकसेवालाई नै जिम्मेवारी सुम्पेर देश निर्माणमा योग्य र कुशल राष्ट्र सेवक छनौट गर्न दिएको बताए ।

उनले आजका युवा भोलिको राष्ट्रका खम्बा हुन भन्दै अबको दिनमा विदेश जाने कुरालाई प्राथमिकता दिनुभन्दा लोक सेवामार्फत सरकारी सेवामा प्रवेश गरी देशको सेवामा लाग्न आग्रह गरे ।

लोक सेवा आयोगको दायरा फराकिलो भएको भन्दै अध्यक्ष रेग्मीले भने, यसको निष्पक्षता, पारदर्शीता र जवाफदेहिता सबैभन्दा ठूलो सम्पत्ति हो । त्यही भएर लाखौँ युवाहरूको भविष्य निर्माणको आधार आयोग बनेको छ ।

कार्यक्रममा लोकसेवा आयोगका सदस्य बीरवहादुर राईले आजका विद्यार्थीहरू भोलिको देशका कर्णधार हुन् भन्दै लोकसेवा आयोगले विद्यार्थीहरूमाझ कार्यक्रम ल्याएको बताए । उनले लोक सेवा आयोगलाई कठिन रूपमा नबुझ्न आग्रह गर्दै परिश्रम र मेहनत गरे अवश्य सफल हुन सकिन्छ भन्ने आत्मविश्वासका साथ लोकसेवाको तयारीमा लाग्न आग्रह गरे ।