२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुरुङले भने-‘सूचना प्रविधिबाट अधिकतम लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अति आवश्यक’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिबाट अधिकतम लाभ लिन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अति आवश्यक रहेको बताएका छन्। 

त्यसका लागि नेपाल टेलिकमलाई फाइभजी नेटवर्कको व्यवस्थापन गर्न उनले निर्देशन दिएका हुन् ।

ललितपुरमा आज नेपाल टेलिकम (एनटिसी)ले आयोजना गरेको आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी अन्तर्क्रियामा मन्त्री गुरुङले जनताको घरदैलोमा फोरजी नेटवर्कको पहुँच विस्तार गर्न आग्रह गरे । 

उनले सरकारको डिजिटल फेर्मवर्क (डिएनएफ)को उद्देश्य पूरा गर्न, डिजिटल सुशासन विस्तार, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेटवर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री गुरुङले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमको ध्यानाकर्षण गराए । “साउथ एसियामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी भने निकै पछि परेका छौँ”, उनले भने, “प्रधानमन्त्री र मबीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेको छ ।” 

मन्त्री गुरुङले नेपाल टेलिकम जनताको अति आवश्यक र महत्त्वपूर्ण सेवाप्रदायी संस्था भएकाले कार्यसम्पादनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिए । चालु आर्थिक वर्षमा कार्य योजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमान्दारीपूर्वक जिम्मेवारी बहन गर्न पनि उनले आग्रह गरे ।

कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले शतप्रतिशत लक्ष्य पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । सहसचिव कोशहरि निरौलाले कार्यसम्पादनमा उब्जिएका समस्या समाधान गर्दै योजना सम्पन्न गर्न आग्रह गरे । 

कार्यक्रममा एनटिसीका सात वटै प्रदेशका निर्देशकहरूले आ-आफ्ना भावी कार्य योजनाको लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।