काठमाडौँ । जंगली जनावरका लागि मकैबारीमा थापेको विद्युतीय धरापमा परेर एक महिलाको मृत्यु भएको छ ।
सोमवार जिल्लाको पाटन नगरपालिका-७ दनखोलाकी ५४ वर्षीया पार्वती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
पार्वतीलाई करेन्ट लागेको आफन्तले खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेका थिए । मृतक भट्टको शव परीक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको प्रहरीले जानकारी दिए ।







