२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली कार्यान्वयन सुरु

अ+ अ-

काठमाडौँ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहज पहुँच, सम्भावित अपराध नियन्त्रण तथा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागू गर्ने निर्णय गरेको छ।

अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशी नागरिकको प्रवेश, उपस्थिति र प्रस्थान नियमन गर्ने कार्यलाई व्यवस्थित बनाउन विभागले उक्त प्रणाली विकास गरेको हो। यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्न सकिने, आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षामा सहज हुने, साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदानप्रदान प्रभावकारी भई पर्यटन क्षेत्रको सुरक्षित विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले भने, “यस प्रणालीलाई पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान सेवा कम्पनी, यात्रा तथा भ्रमण व्यवसाय गर्ने कम्पनी, मनि एक्सचेञ्ज गर्ने निकायमा, र त्यसपछि क्रमश: सबै होटल, गेष्ट हाउस तथा अन्य सार्वजनिक र निजी संस्थाबाट प्रदान हुने सेवामा लागू गरिनेछ।”

प्रवक्ता ढकालका अनुसार विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक तथा निजी संस्थालाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरिएको छ। यसमा दर्ता हुने प्रक्रिया र प्रयोग पुस्तिका विभागको आधिकारिक वेभसाइटमा उपलब्ध गराइएको छ। साथै थप जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कम्प्युटर इञ्जिनियर सन्तोष कुमार शाहसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

अध्यागमन विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने जानकारी समेत दिएको छ।