२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने

अ+ अ-

काठमाडौँ । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि दल दर्ता सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज सूचना जारी गरी भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।

मनाङ क्षेत्र नम्बर १ (२)बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ ।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचा प्रयोग गर्नुपर्नेछ । साथै दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार गर्ने ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट, सामाजिक सञ्जाल खाता, केन्द्रीय कार्यसमिति र प्रदेश–जिल्ला तहका पदाधिकारी तथा सदस्य संख्या लगायतका विवरण संलग्न गर्नुपर्नेछ ।

त्यसैगरी, दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट दल दर्ता र उम्मेदवार मनोनयनको औपचारिक पत्र दिन अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको नाम, पद, सम्पर्क नम्बर र हस्ताक्षर नमूना, संविधानको धारा २६९ (४) अनुसारको शर्त पूरा गर्ने प्रतिबद्धता पत्रसमेत आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ ।

नयाँ दल बनेका वा गाभिएका दलका हकमा आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरणसमेत समावेश गर्नुपर्नेछ ।

थप जानकारीका लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने आयोगले जनाएको छ।