२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

अ+ अ-

कर्णाली । लोक सेवा आयोगले देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ । 

आयोग स्थापनाको ७५औँ वर्षका अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरूको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा ‘लोक सेवा पहुँच कार्यक्रम’ सञ्चालन गरेको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुख रुद्रबहादुर कार्कीले जानकारी दिए । 

आयोगको कार्यतालिकाअनुसार सोमबार कोशी र लुम्बिनी प्रदेशमा कार्यक्रम सम्पन्न गरिएको जनाउँदै कार्यालय प्रमुख कार्कीले भोलि भदौ १८ गते कर्णाली र मधेस, २० गते गण्डकी र सुदूरपश्चिम, २७ गते बागमती प्रदेशमा उक्त कार्यक्रम सम्पन्न गरिने बताए । कर्णालीमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीसहितको सहभागिता हुने उनको भनाइ छ ।

“समाजमा अहिले पनि ठूलो सङ्ख्यामा युवा विद्यार्थी तथा सर्वसाधारण नागरिकले आयोगको निष्पक्ष परीक्षा प्रणाली, उम्मेदवार छनोट प्रक्रिया, तयारी विधि र पारदर्शी चयन पद्धतिबारे पर्याप्त जानकारी छैन”, उनले भने, “अर्कोतर्फ आयोगमा पनि भनसुन हुन्छ भन्ने बुझाइको चिरफार गर्ने हेतुले आयोगले यो कार्यक्रम तय गरेको हो ।”

कर्णालीका १० जिल्लाबाट १० का दरले ६० जना, १२ जना विश्वविद्यालय, १० पत्रकारसहित करिब एक सय जनाको सहभागिता हुने कार्यालय प्रमुख कार्कीले बताए। पहिलो पटक सार्वजनिक रूपमा गर्न थालिएको सो कार्यक्रमबाट युवा विद्यार्थीलाई सार्वजनिक सेवाप्रति आकर्षण र विश्वास बढाउन सकिने आयोगको अपेक्षा छ ।