२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ । 

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिइन ।

पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन ।

मन्त्रीले प्रस्ताव पेश गरे लगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरूले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन ।

लगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित भएको छ ।