२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूबिरुद्ध बोल्ने युवतीलाई थुनाएका मन्त्री यादवले आन्दोलनकारी पार्टी कार्यकर्ता ओसार्न सरकारी गाडी दुरुपयोगको आरोप

अ+ अ-

वीरगन्ज। खानेपानी मन्त्री प्रदीप यादवले आफूमाथि आक्रोश पोख्ने एक युवतीलाई थुनाएपछि उनैविरुद्ध थप दबाब दिन प्रयोग गरिएका आफ्नै पार्टीका कार्यकर्तालाई ओसार्न सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेको छ। मन्त्री यादवका स्वकीय अधिकृतले प्रदर्शन स्थलमा देखिएको सवारी आफ्नो भएको स्वीकार्दै सरकारी गाडी त्यस ठाउँमा अर्को कार्यक्रमका लागि भएको बताएका छन्।

वीरगन्जमा हैजाको प्रकोप र खराब पानी वितरणको विरुद्ध आक्रोशित एक युवती किरण साहले गत शुक्रबार मन्त्री यादवलाई फोन गरी गुनासो र आक्रोश व्यक्त गरेकी थिइन्। त्यसको प्रतिक्रियामा मन्त्री यादवले आफ्नै सचिवालयबाट उजुरी दर्ज गराएका हुन्, जसका आधारमा प्रहरीले किरणलाई हिरासतमा लिई रहेको छ। उनमाथि साइबर अपराध, सांसदलाई धम्की र अफवाह फैलाउनेजस्ता गम्भीर आरोप लगाइएको छ।

जनप्रतिनिधिसँग नागरिकहरूले आफ्नो कुरा राख्दा सत्ता र शक्तिको दुरुपयोग गरेको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहँदा थुनामा परेकै बेलामा मंगलबार आफ्नै पार्टी जसपाका कार्यकर्ता, महिला नेताहरू र आफूले नियुक्त गरेका खानेपानी संस्थानका पदाधिकारीहरूलाई किरणविरुद्ध जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उतारेको विषयले थप माहोल तताएको छ।

प्रदर्शनपछि केही प्रदर्शनकारीहरूलाई ओसारेको भनिएको तीनवटा सरकारी नम्बर प्लेटका गाडीहरू सो स्थानमा देखिएका थिए। यसमध्ये बा २ झ २०४१ नम्बरको सरकारी गाडी आफूले प्रयोग गर्दै आएको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले बताएका छन्। “त्यो गाडी (बा २ झ २०४१) मैले नै प्रयोग गर्छु, प्रदर्शनमा गएको होइन। प्रदर्शन अलि पर थियो, त्यहाँ यौटा कार्यक्रम भएकोले त्यसका लागि गएको हो,” उनले भने।

उनले अकमकाउँदै भने, “यो हाम्रो यता हाम्रो, यता उ थियो, अफिसियल्ली काम थियो, त्यहाँ गाडी रोकेर त्यहाँ थियो, प्रदर्शनमा गाडी गएको थिएन।”

यस घटनाले गर्दा किरणको परिवारमा मात्र होइन, समुदाय तथा सिंगो नागरिक समाजमा गहिरो रिस देखिएको छ। पीडित नागरिकले आक्रोशमा बोलेका विषयलाई लिएर थुन्नु र मुद्दा चलाउनु शासकीय प्रवृत्तिको पराकाष्ठा नाघेको स्थानीयको भनाई छ।

एक स्थानीय नागरिकले प्रश्न उठाउँदै भने, ‘पहिलो कुरा त लोकतन्त्रमा बोल्न पाइने हो कि होइन रु दोस्रो, पीडितलाई नै पीडा दिन आन्दोलन गराउने र त्यसका लागि सरकारी गाडी नै प्रयोग गर्नु कहाँसम्मको राज्यशक्तिको दुरुपयोग हो ?’

वीरगन्जमा हैजाको संकट र खानेपानीको समस्याबाट उत्पन्न एक नागरिकको आक्रोश अहिले मन्त्रीविरुद्ध सरकारी साधन दुरुपयोग, कार्यकर्ता प्रयोग र एक नागरिकविरुद्ध कानुनी कारबाहीको राजनीतिक विवादमा परिणत भएको छ।