२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादमा पर्‍यो रुपन्देही-३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने राप्रपाको निर्णय 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा परेको छ ।

राप्रपाको संसदीय समितिको मंगलबार बसेको बैठकले १७ कात्तिकमा रुपन्देही-३ मा हुने उपनिर्वाचनमा प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको थियो । नवीन कार्ययोजनाको मोडेल अनुसार यसपटक पार्टीले नयाँ अभ्यास गर्न लागेको राप्रपाले जानकारी गराएको थियो । तर, संसदीय समितिले निर्णय गरे लगत्तै पार्टीभित्र विवाद सुरु भएको छ ।

केन्द्रले गरेको निर्णय विरुद्धमा धारणा बनाउनका लागि रुपन्देहीमा बैठक समेत आव्हान गरिएको छ । लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयका अनुसार केन्द्रले पठाएका प्रतिनिधिहरूसँग छलफल भइरहेको उनले जानकारी गराए ।

रुपन्देहीको अवस्था, वस्तुस्थिति, भौगोलिक अवस्थिति, जिल्ला नेता कार्यकर्ताको मानसिकता प्रारम्भिक चुनावबाट उम्मेदवार छान्न नहुने रहेको उदयले जानकारी गराए । पार्टी केन्द्रले निर्णय गरे लगत्तै जिल्ला, क्षेत्र, नगर, पालिका समितिले विरोध गरेको उदयले बताए ।

रुपन्देही-३ ‘ख’ का अध्यक्ष प्रेमबहादुर कुँवरले बुधबार विज्ञप्ति निकालेर प्रारम्भिक मतदान बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

साथै रुपन्देही जिल्ला कमिटी सदस्य ज्ञानेश श्रेष्ठले प्रारम्भिक निर्वाचन प्रणाली पार्टी विधानमा नभएको उल्लेख गर्दै बहिष्कार गर्ने जनाएका छन् ।

उम्मेदवार छनोट प्रक्रिया पहिलेकै पद्धति अनुसार हुनुपर्ने मातहतका पार्टी संरचनाले जोड दिएका छन् ।

तल्लो तहका नेताहरूको मनोविज्ञानबारे उदयले भने, ‘जिल्ला,वडा, नगर, क्षेत्रका नेता कार्यकर्ताले प्राइमरी चुनाव गरे बहिष्कार गर्ने भन्नुभएको छ । जिल्लाकै सबैले यो अहिले ठिक हुँदैन केन्द्रले मान्नुपर्दछ । केन्द्रले भन्दा यहाँको वस्तुस्थितिथ मैले बढी बस्ने स्थिति बुझेको हुन्छु । मैले भन्दा त्यहाँको अवस्था जिल्लाको राजनीति गर्नेले स्थिति बुझेको हुन्छ । यो अहिले नगरौँ भनेपछि गर्नु हुँदैन ।

राप्रपाबाट गौरव बोहरा, प्रज्ज्वल बोहरा, स्वाति थापा, बसन्तविक्रम शाही  लगायत ६ जना उम्मेदवारका आकांक्षी छन् ।

आकांक्षी चार जनाले जसलाई उम्मेदवार बनाए पनि एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । गौरव, प्रज्ज्वल र स्वाति यसै क्षेत्रबाट निर्वाचित पूर्व सांसद दीपक बोहराका परिवारका सदस्य हुन् ।