२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशमा “विद्यार्थी माझ लोक सेवा कार्यक्रम” सम्पन्न

अ+ अ-

जनकपुर । लोक सेवा आयोगको हीरक जयन्ती वर्ष, २०८२ को अवसरमा आयोगले सञ्चालन गर्ने “पी.एस.सी. आउटरिच” कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा विद्यार्थी माझ लोक सेवा कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरमा सम्पन्न उक्त कार्यक्रम आयोगका सदस्य माधव बेल्बासेको अध्यक्षतामा भएको हो। कार्यक्रममा सदस्य मञ्जु कुमारी, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, जानकी राजर्षि विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण शाह, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाललगायत शिक्षा समन्वय अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

मधेश प्रदेशका आठ जिल्लाका सदरमुकामस्थित विद्यालयका पचास र राजर्षि जनक विश्वविद्यालयका बीस गरी कुल सत्तरी विद्यार्थीको सहभागिता थियो। आयोगका सदस्य बेल्बासेले विद्यार्थीलाई लोक सेवा आयोगले “नवोदित मित्र” को रूपमा पहिचान गरेको भन्दै सरकारी जागिर जिम्मेवारीसमेत भएको र इमानदारीपूर्वक काम गर्दा आत्मसन्तुष्टि मिल्ने कुरा बताए। सदस्य मञ्जु कुमारीले आयोग योग्यता, स्वच्छता र निष्पक्षताको आधारमा सञ्चालन हुने भएकाले तयारीमा जुट्न आह्वान गरिन्।

प्रमुख सचिव मदन भुजेलले लोक सेवामार्फत नै आफ्नो पदसम्म आइपुगेको उल्लेख गर्दै आयोगको विश्वसनीयता जोड दिए। रजिष्ट्रार सत्यनारायण शाहले कर्मचारी छनोटमा आयोगको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गरे।

यसैगरी मेयर मनोज कुमार शाहले यस्तो कार्यक्रम नगरपालिकाका सबै वडामा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनसंख्याको चापअनुसार आयोगको क्षमता वृद्धि गर्नुपर्ने माग गरे। सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले केन्द्रबाटै प्रदेशमा पुगेर युवालाई उत्प्रेरित गर्नु सकारात्मक कदम भएको बताए।

कार्यक्रममा सहसचिव यज्ञप्रसाद ढुंगेल र उपसचिव चन्द्रकान्त निरौलाले प्रस्तुतिकरण गरेका थिए। विज्ञ सहजकर्ता केदार बहादुर रायमाझी र उत्तम आचार्यले मनोरञ्जनात्मक तरिकाले विद्यार्थीलाई लोक सेवाप्रति उत्प्रेरित गरेका थिए।

कार्यक्रमपछि विद्यार्थीहरूले लोक सेवा आयोगको कार्यप्रणालीबारे प्रत्यक्ष जानकारी पाएको भन्दै तयारीमा नयाँ उर्जा मिलेको प्रतिक्रिया दिएका थिए।

लोक सेवा आयोगका अनुसार “विद्यार्थी माझ लोक सेवा कार्यक्रम” सातै प्रदेशमा सञ्चालन हुँदैछ। भदौ २० गते सुदूरपश्चिमको धनगढी र गण्डकी प्रदेशको पोखरामा यसै किसिमको कार्यक्रम हुने जनाएको छ।