२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो : ‘विधान अधिवेशनमा विद्या भण्डारीको सदस्यताबारे छलफल हुँदैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले विधान अधिवेशनसँग पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय नजोडिने स्पष्ट पारेको छ । 

बिहीबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, कुनै व्यक्तिलाई सदस्यता दिने वा नदिने भन्ने विषय पार्टीको नितान्त केन्द्रीय कमिटीले टुंगो लगाउने विषय हो ।

‘कोही पनि व्यक्तिको सदस्यताबारे प्रश्न केन्द्रीय कमिटीले नै टुंगो लगाएको छ । उहाँ ९विद्या भण्डारी० को सदस्यता नवीकरण भएको छैन,’ ज्ञवालीले थप भने, ‘त्यो सदस्यताको विषयलाई लिएर थप छलफल गर्नुपर्ने कुनै जरुरी नै भएन । पछि कुनै बेला थप छलफल गर्नुपर्ने भए केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीमै छलफल हुनेछ ।’

तर, स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गर्ने फरक मतमा जे विषय समेटिएको छ त्यो चाहिँ छलफल हुने बताए ।

‘कर्ण थापाले आफ्नो फरक मतमा के लेख्नुहुन्छ, त्यो फरक कुरा रह्यो । हामी चाहन्छौँ सम्माननीय पूर्वराष्ट्रपतिको व्यक्तित्व, राष्ट्रिय राजनीतिको योगदानको विषय महाधिवेशनको पक्ष र विपक्षको विषय नबनोस् भनेर हामीले सबैलाई आग्रह गरेका छौँ,’ ज्ञवालीले भने ।

उनका अनुसार, विधान र प्रतिवेदनसँग जोडिएका विषय मात्रै भोलिबाट तीन दिनसम्म चल्ने अधिवेशनको विषय हुने बताए ।

‘विद्याको सदस्यता दिने नदिने भन्ने कुरा नितान्त केन्द्रीय कमिटीको विषय हो । त्यो महाधिवेशनको एजेन्डासँग सम्बन्धित छैन । विधानसँग जोडिएका केही विषय छन् भने त्यहाँ छलफलको विषय हुनसक्छ,’ ज्ञवालीले भने ।