२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा चहलपहल, गोदावरीमा सांस्कृतिक झाँकी 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेको दोस्रो विधान महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल छ ।

विधान महाधिवेशनमा सहभागीहरूको  स्वागतमा एमाले कार्यकर्ताहरू सांस्कृतिक झाँकीसहित उपस्थित भएका छन् । उनीहरू हिमाल, पहाड, तराई र पूर्वदेखि पश्चिमसम्मका मौलिक भेषभूषामा सजिएका छन् ।

सारंगी, ढोलसहितका परम्परागत बाजा र सांस्कृतिक पहिरनसहित उनीहरू उपस्थित छन् । त्यहाँ नेपालको सांस्कृतिक विविधता देखिन्छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा एमालेले दोस्रो विधान महाधिवेशन आयोजना गरेको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विधान महाधिवेशन उद्घाटन गर्नेछन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा ९एमाले० दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहलतिर अहिले सातदोबाटोबाट प्रतिनिधि, पर्यवेक्षक, पार्टी शुभचिन्तकहरू आउने क्रम जारी छ ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयंसेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ ।

गोदावरीको मूल सडकदेखि सभा हलको प्रवेशद्वारसम्म प्रतिनिधि, पर्यवेक्षक, सर्वसाधारणलाई स्वयंसेवकहरूले व्यवस्थित गरिरहेका छन् ।

प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सर्वसाधारणको सवारी साधारणका लागि मूल सडक छेउमै पार्किङको व्यवस्था मिलाइएको छ ।

स्वयंसेवक, प्राविधिकहरूको कार्ड स्क्यान कार्य सुरु भइसकेको छ । प्रतिनिधि, पर्यवेक्षकका लागि गेटभित्र छिर्ने प्रक्रिया खुला भइसकेको छैन । सञ्चारकर्मीहरूका लागि पर्खालसँगै जोडिएको मिडिया सेन्टर राखिएको छ ।

हलभित्र स्थायी, पोलिटब्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरूका लागि प्रदेश अनुसारको सिट व्यवस्थापन गरिएको छ । हलभित्र सरसफाइ, सिट व्यवस्थापन, डिजिटल, सुरक्षा प्रबन्ध, प्राविधिक पक्षको परीक्षण भइरहेका छन् । हलभित्र उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापनका संयोजक पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले नेतृत्व गरेका छन् ।

ठुलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्सी व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ । मञ्चको दायाँ-बायाँ टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएको छ ।

त्यसका साथै मञ्चको बायाँतिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दायाँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्बिर राखिएको छ ।

मञ्चको शिरमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन लेखिएको छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथाको प्रतीक राखिएको छ । सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया हथौडा र नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।