२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म सेवक

अ+ अ-

म सेवक,
कर्म नै मेरो धर्म।
तिमी यात्री, म बाटो,
म बीज, तिमी माटो ।

तिमी भन्छौ-
टोलकै चौतारोमा भेटियोस् सेवक
भाषा बुझोस्,
कथा सुनोस्,
भीष्मझैं दृढ होस्,
ऋषिजस्तै उज्यालो होस् ज्ञानको,
दुःखमा विदुर बनेर सल्लाह देओस्,
निराशालाई आशामा बदलोस्,

तिमी चाहन्छौ-
निर्णय गर्दा अर्जुन बन्न सकूँ म,
घडीलेजस्तै ख्याल राखूँ समयको,
बोल्दा युधिष्ठीर भै सत्य बोलूँ,
रोगरहित बनूँ,
र तुलसी झैं सुगन्धित बनूँ म ।

म बुझ्छु तिम्रा नमीठा भोगाईहरू-
प्रतिबिम्ब देखाउने ऐना फोहोर भएर
कालो छाया मात्रै देखिएको,
नदी मैलिएर टुकुचा भएको,
चौतारामा भेटिनुपर्ने सेवक
सिंहासनतिर दौडिएको,
वा धनको लालचामा लुटपुटिएको।

दुख्नेलाई थाहा छ-
नबज्ने बाँसुरीजस्ता योजना,
चुहिने बजेट,
घुम्दै गरेको फाइलको फन्को,
गाँजिएको स्वार्थ,
बलिया बिचौलिया,
विधिकै नाउँमा मरेको न्याय,
कर्कस बोली,
र बन्दाबन्दै भाँचिएको सपनाको पुल।

म तिमीलाई बुझ्छु,
तिमी मलाई बुझ,
रोक्न सकिन्छ झर्दै गरेको साखलाई पनि,
जसरी पहाडबाट बग्दै गरेको पानीलाई
थुन्न सकिन्छ, सङ्ल्याउन सकिन्छ ।
म देखाउँछु मेरो कालिगडी,
तिमी सबेरै बिउँझनू,
घाम लाग्दा बिस्कुन सुकाउनू,
पानी पर्दा आली कुल्चिनू र छेक्नू गह्रामा ।
म कर्मशील माहुरी भएर,
भत्काउनेछु सन्देहका पर्खाल,
सत्यको उज्यालोमा म ठड्याउनेछु एउटा इन्द्रेणी
पोत्‍नेछु निष्ठा, न्याय, भरोसाका रङ्गहरू
जसरी पोतिन्छ- हसिलो अनुहारमा खुशीका रङ्गहरू
तब समृद्धिको आँगनमा उभिएर
हामी गर्वका साथ भन्नेछौं–
देश मेरो पनि हो।
…………………………..

(नोटः निजामती सेवा दिवस, २०८२ को अवसरमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट आयोजित राष्ट्रसेवक निजामती कर्मचारीहरुवीच खुला कविता प्रतियोगितामा पुरस्कृत कविताहरू मध्येको एक कविता ।)