२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको दाबी : ‘एमाले जबजकै मार्ग निर्देशनमा अघि बढेको छ’

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनताको बहुदलीय जनवाद (जबज)को मार्ग निर्देशनमा नै अघि बढिरहेको बताएका छन् ।

पार्टीको विधान महाधिवेशनको अन्तिम दिन आइतबार पार्टी नेताहरूले संगठनात्मक प्रस्तावमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले एमालेले जबज छोड्यो भनेर अनर्गल प्रचार नगर्न पनि चेतावनी दिए ।

केही मिडियाले एमालेले जबज छोड्यो भन्ने खालको प्रचार गरेको भन्दै उनले त्यस्तो अनर्गल प्रचार गर्न पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

‘पार्टी दृष्टिकोणमा अन्योल भएर प्रचार गरिएकोमा उहाँले यस्तो काम नगर्न, सो सम्बन्धी अनर्गल प्रचार नगर्न, पत्रकार साथीहरूलाई अमुक, अमुक व्यक्तिको प्रवक्ता नबन्नका निम्ति पनि उहाँले आग्रह गर्नुभएको छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै गौतमले भने, ‘त्यसपछि जबज छोड्यो, जबज छोड्यो भनेर भन्नु भयो । हाम्रा सबै डकुमेन्टहरूमा जबजको मार्गदर्शनमा हामी मार्ग निर्देशित भएर अगाडि बढिरहेका छौँ ।’

महासचिव पोखरेलले जबजलाई अघि बढाउने सन्दर्भमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर अगुवाइ गर्दै आएको दाबी पनि गरेको गौतमले जानकारी गराए ।

‘जबजको विचार, सिद्धान्त समृद्ध बनाउने क्रममा मदन भण्डारीले पाँचौँ राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यो कुरा उहाँले जानकारी दिनु भएको थियो । भरत मोहन अधिकारीले कार्यक्रम लेख्दा जबज अनुकूल नभएर पछि मदन भण्डारी आफैले लेख्नुभयो,’ गौतमले भने, ‘त्यसको कार्यनीति केपी शर्मा ओलीले लेख्नुभएको हो । विधान माधव नेपालले लेख्नु भयो । केपी ओली त्यो बेलादेखि यो विचार समृद्ध गर्नका निम्ति अगुवाइ र नेतृत्व गरेर आइरहनु भएको छ । र, कार्यनीति केपीले नै लेख्नु भएको हो । त्यो पारित भएको छ । जननेता मदन भण्डारीले पार्टीको निर्माणमा आधारभूत प्रस्तावनाहरू उल्लेख गरेर जानु भएको छ ।’

प्रचार विभाग प्रमुख गौतमका अनुसार महासचिव पोखरेलले मदन भण्डारीको अगुवाइमा पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको जबजबाट नै एमाले निर्देशित रहेको पटक पटक दोहोर्‍याएका थिए ।