२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर साढे ५८ लाख सवारीसाधन दर्ता

अ+ अ-

काठमाडौँ । देशभरि दर्ता भएका सवारी साधन संख्या ५८ लाख ५० हजारभन्दा माथि पुगेको छ ।

यातायात व्यवस्था विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म उक्त संख्या सवारी साधन दर्ता भएको देखिएको छ । देशभरि दर्ता भएका सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

२०८१/८२ सम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन् । अहिले देशभरि ३ लाख ६६ हजार ७ सय २३ काररजिपरट्याक्सी रहेको विभागको तथ्यांक छ ।

नेपालमा प्रजातन्त्र आएको वर्ष अर्थात् आव २०४६/४७ मा नेपालमा ७६ हजार ३ सय ७८ सवारीसाधन थिए । त्यसयता साढे ३ दशकमा सवारीसाधन संख्या उल्लेख्य वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांक अनुसार नेपालमा ७१ हजार ५ सय ७७ बस गुड्ने गरेको पाइएको छ । मिनिबसरट्रक संख्या ४१ हजार ९ सय ८६ छ । क्रेन, डोजर, एक्जाभेटर, लोडर, रोलर संख्या भने १ लाख २९ हजार १ सय १९  देखिन्छ । पिकअप गाडी संख्या ९१ हजार ४ सय ८३ छ ।

त्यस्तै माइक्रोबस १२ हजार ५ सय ७५, टेम्पो १ लाख ११ हजार ३ सय ५२ र ट्याक्टर १ लाख ९० हजार ६४ रहेको तथ्यांक छ । दर्ता भएका ई-रिक्सा ७३ हजार ६ सय ६ र अन्य १७ हजार ८ सय ७५ गरी देशभरि कुल ५८ लाख ५० हजार ४ सय ३२ सवारीसाधन दर्ता भएको देखिएको छ ।

गत आव २०८१/८२ मा मात्र २ लाख ४२ हजार ४ सय ४१ सवारीसाधन दर्ता भएका थिए । त्यसबेला २ हजार ५ सय ८८ बस दर्ता भएका थिए । त्यस्तै १५ हजार ९९ कार थपिएका छन् । मोटरसाइकल भने १ लाख ९६ हजार २ सय ११ वटा थप भएका छन् ।