काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङको गलकोट नगरपालिकामा सर्वदलीय र सर्वपक्षीय मागबमोजिम इलाका प्रशासन कार्यालय खोलिने विश्वास दिलाएका थिए ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज बागलुङको सर्वदलीय र सर्वपक्षीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यथाशक्य छिटो गलकोटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव लगिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।







