२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेडलाई दुरुपयोग गरेर हिंसा भड्काइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन जेड प्रदर्शनमा भएका हिंसात्मक घटनाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन्। सोमबार बालुवाटारमा बसेको बैठकमा उनले प्रदर्शनमा घुसपैठ भएको र त्यसकै कारण अप्रिय घटना घटेको निष्कर्ष सुनाएका थिए। ओलीले जेनजेड पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काइएको बताएका छन्।

जेन जेड प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने तीन सय ४७ जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार सिभिल अस्पतालमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ र सय जनाको उपचार भइरहेको छ। वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् र ८ जनाको मृत्यु भएको छ।

एभरेष्ट अस्पतालमा १०२ जना उपचाररत छन् र तीन जनाको मृत्यु भएको छ भने ८ जनालाई अन्यत्र रेफर गरिएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौँ मेडिकल कलेजमा ३७ जना उपचाररत छन् र दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये ६ जनाको शल्यक्रिया गरिएको मन्त्रालयले जनाएको छ। नर्भिक अस्पतालमा तीन जना उपचाररत छन्।

त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको छ र एक जनाको मृत्यु भइसकेको छ। काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना र दमक अस्पतालमा सात जनाको उपचार भइरहेको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।

यस्तै, गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। यसअघि लेखकले नैतिक जिम्मेवारी स्वरूप राजीनामा दिने घोषणा गरेका थिए। काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले पनि राजीनामा दिन निर्देशन दिएका थिए। त्यसपछि लेखक बालुवाटार पुगेर पदत्याग गरेका हुन्।