काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलवार बस्ने भएको छ।
बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्न लागेको हो ।
बैठकमा समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहने जनाइएको छ। सोमबार भएको जेन जेडको प्रदर्शनपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बताइएको छ ।







