काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।
सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनीसम्म गरेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले जानकारी दिएका छन्।
जेन जेड पुस्ताले सोमबारदेखि सुरु गरेको आन्दोलन क्रमश: उग्र बन्दै गएको छ।







