२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरमा निषेधाज्ञाको समय बढाइयो

अ+ अ-

पर्सा । जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समयावधि थप गरेको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा ‘जेन जेड’ समूहले सामाजिक सञ्जाल बन्द भएको र काठमाडौँमा ‘जेन जेडहरुमाथि भएको आक्रमणको विरोधमा प्रदर्शनीमा उत्रिएसँगै सोमबार राति ९ बजेदेखि जारी भएको निषेधाज्ञाको समयावधि आज अपराह्न ६ बजेसम्मको लागि बढाइएको हो ।

सोमबार राति ९ बजेदेखि आज बिहान ९ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आज बिहान ११ बजेदेखि अपराह्न ६ बजेसम्मका लागि कर्फ्युको समयावधि थप गरिएको जानकारी दिए । “हिजो बेलुका ९ बजेदेखि आज बिहान ९ बजेसम्म लगाइएको कर्फ्यु आदेश जारी भएको थियो,” उनले भने, “यहाँको शान्ति सुरक्षाको अवस्था सहज नभएकाले निषेधाज्ञाको अवधि बढाइएको छ ।”

प्रमुख जिल्ला अधिकारी सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्यगेटलगायत स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेराउ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको बताए।