काठमाडौँ । हिमालय एयरलाइन्सको एचआईएम ७७५ उडानको जहाज पोखरा डाइभर्ट गरिएको छ । यो जहाज १२:३५ मा त्रिभुवन विमानस्थल अवतरण गर्ने तालिका थियो ।
कम्पनीका अनुसार काठमाडौँ विमानस्थल बन्द भएपछि १:५१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको हो ।
तर, त्रिभुवन विमानस्थल कार्यालयको सूचना अनुसार काठमाडौं विमानस्थल भने साढे २ बजे बन्द गरिएको थियो ।
यो जहाजमा ६५ यात्रु र ७ चालक दलका सदस्य थिए । यात्रु सुरक्षा सुनिश्चित गर्न पोखरातर्फ जहाज डाइभर्ट गर्नु परेको कम्पनीको स्पष्टीकरण छ ।
हिमालय एयरलाइन्सको यो जहाज चीनको ल्हासाबाट आएको हो । हिमालयको जहाज पोखरा गएसँगै अनेक आशंका सुरु गरिएका छन् ।







