२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्दोलनरत पक्षलाई वार्तामा आउन प्रधानसेनापतिको आह्वान(भिडियोसहित)

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन्।

मंगलबार साँझ भिडियो सम्बोधनमार्फत उनले वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको बताए। उनले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन आग्रह गरे।

प्रधानसेनापतिले हालै देशभर भएका आन्दोलनका क्रममा जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गरे। शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरे।

उनले शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीको साझा दायित्व भएको स्मरण गराउँदै भने, “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध रहन्छ।”

प्रधानसेनापति सिग्देलले आन्दोलनका कारण राष्ट्रिय सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग र सरोकारवालाको सुरक्षामा असर नपार्न आग्रह गरे।

उनले मातृभूमिको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताको लागि सबै नेपाली एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए।

जेन जेडको आन्दोलनका क्रममा यतिबेला देशव्यापी आन्दोलनसँगै आगजनी र तोडफोड जारी छ। प्रहरीले गोली चलाउँदा आन्दोलनको पहिलो दिन मात्र १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।