२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा अराजक गतिविधिमा संलग्न २७ जना पक्राउ, लाखौँ रुपैयाँ र हतियार बरामद

अ+ अ-

काठमाडौँ । देशभर असामान्य परिस्थितिबीच नेपाली सेनासहितका सुरक्षा निकाय परिचालन भएपछि लुटपाट, आगजनी र अराजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको छ।

भदौ २४ गते राति १० बजेबाट परिचालन भएको अभियानअन्तर्गत २५ गते बिहान १० बजेसम्म काठमाडौँलगायत विभिन्न स्थानमा सुरक्षा निकायले विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

सुरक्षा निकायले ३ वटा बारुण यन्त्र प्रयोग गरी आगजनी नियन्त्रण गरेको छ। यस क्रममा काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु.३३ लाख ७० हजार बरामद गरिएको छ।

यस्तै, काठमाडौँका विभिन्न स्थान र पोखराबाट ३१ थान नालसहित विभिन्न प्रकारका हतियार, म्यागजिन र गोलीगठ्ठा बरामद गरिएको छ।

सुरक्षा निकायको अभियानका क्रममा २३ जना नेपाल प्रहरी र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको सैनिक अस्पतालहरूमा उपचार भइरहेको छ।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध उर्लिएको जेन जेड आन्दोलनकै पृष्ठभूमिमा यसरी लुटपाट, आगजनी र अराजक गतिविधि बढेपछि सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायलाई परिचालन गरेको हो। आन्दोलन शान्तिपूर्ण मागबाट हिंसात्मक रूपतर्फ मोडिएको भन्दै सेनाले नियन्त्रण कार्यलाई तीव्र बनाएको छ।