काठमाडौँ । सिमकोट गाउँपालिकाले बुधवार शोक बिदा दिएको छ ।
जेन जेडहरुले गरेको प्रदर्शनका क्रममा मृत्यु हुने नागरिकको सम्झना गर्दै गाउँपालिकाले शोक बिदा दिएको हो ।
गाउँपालिकाअन्तर्गत सबै सरकारी निकाय र सामुदायिक विद्यालयमा बिदा दिइएको छ । साथै आन्दोलनका क्रममा मृत्युवरण गर्ने युवाहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेको छ । साथै प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।







